बलिउडमा बिग बी को उपाधि पाएका अमिताभ बच्चनले आफ्नो निधनपश्चात उनको बाँकी सम्पत्ति छोरा अभिषेक र छोरी श्वेतालाई बराबरी बाँडिने कुरा बताएका छन् ।
भारतमा ‘बेटी पढाओ, बेटी बचाओ’ अभियानका सद्भावना दूत समेत रहेका अमिताभ बच्चन लैङ्गिक समानताका विषयमा विभिन्न कार्यक्रम, मिडिया तथा सामाजिक सञ्जालमा खुलेर आफ्ना विचार राख्दै आएका छन् ।
हालै उनले एक कार्यक्रममा आफ्नो निधनपश्चात आफ्ना छोरा र छोरीबीच
उनको बाँकी सम्पत्ति बराबरी बाँडिने कुराको जानकारी दिएका छन् । अमिताभले यसअघि
पनि यस विषयमा बोलिसकेका छन् ।
सन् २०१७ मा ट्विटरमा उनले एक फोटो शेयर गरेका थिए, जसमा उनले
प्लेकार्ड समातेका छन र क्याप्सनमा लेखिएको छ ‘हामी बराबर छौँ, फोटोले सबैकुरा
बोलिरहेको छ ।’ अमिताभले बोकेको त्यस प्लेकार्डमा लेखिएको थियो ‘मेरो निधनपछि जति
पनि सम्पत्ति बाँकी रहन्छ, त्यो मेरी छोरी र छोराबीच बराबर रुपमा बाँडिनेछ ।’
T 2449 - #WeAreEqual .. and #genderequality ... the picture says it all !! pic.twitter.com/QSAsmVx0Jt
— Amitabh Bachchan (@SrBachchan) March 1, 2017
रिपोर्टहरुका अनुसार अमिताभ बच्चन ४ सय मिलियन डलर (४५, ८६२, ०००,०००) भन्दा धेरै सम्पत्तिका मालिक हुन् । यसबाट प्रष्ट हुन्छ की अमिताभ बच्चन समाजमा रहेको छोरा र छोरी बीचको विभेदको अन्त्य गर्न चाहन्छन् । यस कुराको उदाहरण आफू स्वयम बन्दै समाजमा सकारात्मक सन्देश दिन चाहन्छन् ।
अमिताभका २ सन्तानमध्ये एक छोरा अभिषेक बच्चन र एक छोरी श्वेता नन्दा
छन् । अभिषेकले विश्व सुन्दरीसमेत रहिसकेकी अभिनेत्री एश्वर्या रायका साथ विवाह
गरेका छन् । दुवैकी एक छोरी आराध्या छिन् । बच्चनकी छोरी श्वेता नन्दाको भारतीय
व्यापारी निखिल नन्दाका साथ विवाह भएको थियो भने दुवैबाट एक छोरी नव्या र एक छोरा
अगत्श्या छन् ।