चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक भएको छ । भारतीय सिनेमाघरमा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको हलप्रिन्ट विभिन्न पाइरेटेड साइटमा देखिन थालेको छ ।
केही साइटमा छोटा क्लिपहरू मात्र अपलोड भएका छन् भने केहीमा पूरै चलचित्र अपलोड गरिएको छ ।
हिन्दी भाषामा
डबिङ
गरिएको
यो
पहिलो
नेपाली
कथानक
चलचित्र
भएको
दाबी
गरिएको
छ
।
हिन्दी संस्करणको प्रेम गीत ३ नेपालमा भने सोमबारबाट मात्रै प्रदर्शनमा आउने बताइएको छ ।
यद्यपि यसअघि
नै
टेलिग्राम,
वनटुथ्री
मुभिज,
युवाचफ्री
लगायतका
साइटहरूमा
यो
फ्लिमको
हिन्दी
संस्करणको
हल
प्रिन्ट
लिक
भइसकेको
छ
।
पछिल्लो समयमा अनलाइनमा चलचित्र लिक हुने क्रम बढ्दो छ ।