इतिहासको कुनै कालखण्डमा नेपाल विश्वको चौथो धान निर्यात देश थियो । हाल नेपाल निर्यात त गर्दैन तर विश्व धान उत्पादन बरीयतामा ४६ औं स्थान मा पर्दो रहेछ ।
बि.सं ०७७-७८ को आर्थिक बर्षमा ४५ अर्बको धान-चामल आयात गरेर देशले आफ्नो छाक टारेको छ। त्यो भन्नुको अर्थ देशमा पर्याप्त धान उत्पादन हुन नसक्नु।
यसरी कुनै समयको कृषि उत्पादन र निर्यात को धनी देश नेपाल, हालका बर्षमा दोस्रो तेस्रो देश बाट आयात गर्छ । यस अवस्थामा नेपाल लाई "कृषिप्रधान देश" भनेर चिनाउने प्रयास गर्नु हाम्रो लज्जास्पद व्यवहार हो ।
धान उत्पादन हिजो भन्दा आज भन्दा भोलि झन झन कमि गराउने र आयात गत बर्ष भन्दा ६७% ले बढी खर्च गर्ने निकाय, सरकार, मन्त्रालय, मन्त्री ले कृषि का भाषण गर्नुले कुनै नैतिकता राख्दैन। किनकी उनिहरु संग कुनै योजना, दृष्टिकोण , नीति छैनन् । खोक्रो भाषण गरेकै भरमा देशले बिकासको काँचुली फेर्दैन ।
अब साँच्चै नै समय आएको छ । यदि देशले काँचुली फेरेको हेर्न मन छ भने सबै भन्दा पहिला तपाईं हामीले हाम्रो सोच अनि बिचारलाई परिवर्तन गर्नु पर्छ । देशमा रोजगारी खोइ, तपाईं हाम्रो जिउ-धनको सुरक्षाको स्त्तर कस्तो छ, स्वास्थ सेवा सुविधाको पहुँच कस्तो छ, यी सबै कुरा मनन गर्नुस् । के हाम्रो जिन्दगी कुनै पार्टीको झोलेको भुमिका निभाउनलाई मात्र हो? यदि हैन भने यो आउँदो मंसिर ४ को चुनाव मा रक्सी मासुमा बिक्ने हैन , आफू सँगै आफ्नो सन्तति को बदलिएको भविष्य हेर्नका लागि भए नि एक असल ब्यक्ति लाई मतदान गरि जिताउनु होला ।