फोनमा राखेको प्याटर्न बिर्सनुभयो ? यस्तो छ अनलक गर्ने सहज तरिका

फोनमा हुने डेटा सुरक्षाका लागि हामीले पासवर्ड राखेका हुन्छौं । पासवर्डमा पनि पछिल्लो समय सबैभन्दा बढी लोकप्रिय प्याटर्न नै हो । सँगै पीन र फिंगर प्रिन्ट त छँदैछ । तपाईंले फिंगर प्रिन्ट राख्नुभएको खण्डमा त आफ्नै फिंगरले काम गर्छ । तर, यदि पीन र प्याटर्न राख्नुभएको छ र बिसिर्नुभयो भने त्यसले समस्या निम्त्याउँछ ।

किनभने प्याटर्न तथा पिन धेरैपटकसम्म प्रयास गर्दा मोबाइल नै लक हुने समस्या हुन्छ । पाँच पटक प्रयास गर्दा ३० सेकन्ड अथवा एक मिनेटका लागि मोबाइल लक भएको त हामी आफैंले पनि भोगेका हुन सक्छौं । तर, धेरै पटक प्रयास गर्दा पनि नमिलेको खण्डमा भने फोन सधैंका लागि लक हुने हुँदा त्यसमा ध्यान दिन आवश्यक छ ।

 

 

फोनमा राखेको प्याटर्न बिर्सनुभयो ? यस्तो छ अनलक गर्ने सहज तरिका

यहाँ हामी तपाईहरुलाई त्यसरी फोन लक हुँदा के गर्ने भन्न विषयमा यहाँ जानकारी दिँदैछौ ।

 

प्यार्टन बिर्सिएमा यस्ता छन् फोन अनलक गर्ने तरिका

सबैभन्दा पहिले फोन बन्द गर्नुहोस् र एक मिनेटसम्म पर्खनुहोस्

एक मिनेट पश्चात पावर बटन र भोल्युम डाउन (अर्थात् साउन्ड घटाउने) बटन एकैसाथ थिच्नुहोस्

त्यति गरेसँगै फोन रिकभरी मोडमा पुग्नेछ, जसमा भोल्युम बटनले तलमाथि गर्दै फ्याक्ट्री रिसेट विकल्प छनोट गर्नुहोस्

अब तपाईंको सबै डेटा खाली गर्न ‘वाइप क्यास’ चयन गर्नुहोस् । यसका लागि पनि भोल्युम बटनकै सहायत पर्नेछ ।

त्यति गरेसँगै एक मिनेट पर्खनुहोस् र फोन खोल्नुहोस् । अब तपाईंले बिना पासवर्ड फोनमा पहुँच बनाउन सक्नुहुनेछ ।

माथिको साथै तपाईंले अर्को विकल्प पनि अपनाउन सक्नुहुनेछ । त्यसका लागि गुगल डिभाइस म्यानेजर प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सुरुमा गुगल डिभाइस म्यानेजर खोल्नुहोस्

आफ्नो गुगल अकाउन्ट लगइन गर्नुहोस्

अब तपाईंले अनलक गर्न चाहेको फोन छनोट गर्नुहोस्

त्यसमा रहेको लक विकल्प छनोट गरी आफ्नो नयाँ पासवर्ड टाइप गर्नुहोस्

फेरि लकमा क्लिक गर्नुहोस् र नयाँ पासवर्ड प्रयोग गरी फोन अनलक गर्नुहोस् 

 

Previous Post Next Post