धेरै मानिसहरु बिहानै खालि पेटमा कुन खाना खान हुने वा नहुने भन्नेमा अल्मलिएका पाइन्छन् । कतिपय अवस्थामा गलत खानेकुराको सेवनले शरीरलाई स्वस्थ बनाउनु भन्दा खराब बनाउँदै लाने खतरा रहन्छ ।
खाना हाम्रो स्वास्थ्यको लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा हामी सबैलाई थाहा छ। सबै खाने कुराहरुको खाने समय हुन्छ । स्वास्थ्य विशेषज्ञहरूले केही चीजहरू विशेष गरी खाली पेटमा नखानका लागि सुझाउँछन् ।
खाली पेटमा खानुहोस् यी खाद्यबस्तुहरु
अण्डा– अण्डा प्रोटिनको प्रचुर स्रोत हो । अण्डामा भिटामिन ए, डी,
बी–१२, रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्वहरु पाइन्छ । यी तत्वले शरीरलाई दाह्रो
राख्ने, दिमाग तेजिलो बनाउन र आँखाको ज्योति बढाउने काम गर्दछ । बिहानको खाजामाअण्डा
खाँदा दिनभर पेट भरिएको महसुस हुन्छ र तपाईलाई धेरै उर्जा पनि मिल्छ ।
स्याउ– खाली पेटमा एउटा स्याउ खानु उपयुक्त हुने चिकित्सकहरु बताउँछन्
। बिहानको समय एउटा स्याउको सेवनले शरीरलाई आवश्यक उर्जा प्रदान गर्ने बताउँछन् । स्याउबाट
शरीरले भिटामिन सी, एन्टीअक्सीडेण्ट र फ्लेवोनाइड पदार्थ पाउने भएकोले यसको सेवन गर्न
चिकित्सकहरुले पनि सुझाव दिने गर्दछन् ।
मेवा – मेवा उत्कृष्ट सुपर फूड हो। हरेक सिजनमा पाइने मेवालाई बिहानको
खाजामा खान सक्नुहुनेछ । यसले तपाईंको कोलेस्ट्रोल कम गर्नुका साथै हृदय रोगबढ्नबाट
रोक्छ।
ओट्स– यदि तपाईं कम क्यालोरी र उच्च पोषणयुक्त खानेकुरा खान चाहनुहुन्छ
भने ओटमिल उत्तम ब्रेकफास्ट हो। यसले तौल नियन्त्रणमा पनि मद्दत गर्छ ।
भिजेको बादाम– बिहान उठ्ने बित्तिकै खाली पेटमा ४ वटा भिजाएको बदाम खानुपर्छ
। जसका कारण हामीले धेरै स्वास्थ्य लाभहरू पाउँछौं। फाइबर, ओमेगा–३ र ओमेगा–६ एसिडले
भरपूर बदामलाई रातभर भिजाएर बिहान खाली पेटमा खानुपर्छ । यो कुरा पनि ध्यानमा दिनुहोस्
कि बदामको बोक्रा निकालेपछि मात्र यसको सेवन गर्नुहोस्।
खाली पेटमा सकभर खाँदै
नखानुस् यी खाद्य बस्तु
सुठुनी– सुठुनी बिहान खाली पेटमा खानुहुँदैन । खाली पेटमा सुठुनी खाँदा
स्वास्थ्यमा नकारात्मक असर पैदा हुन्छ । सुठुनीमा पेक्टिन, टेनिनको मिश्रण हुन्छ ।
यसले ग्याष्ट्रिक एसिड, पेटमा र टाउकोमा दुःख दिन्छ ।
टमाटर– काँचो टमाटर खानुका धेरै फाइदाहरू छन् तर खाली पेटमा काँचो
टमाटर खानु हानिकारक साबित हुन्छ। टमाटरको एसिडिक गुणले पेटमा रहेको ग्यास्ट्रोइंटेस्टाइनल
एसिडसँग प्रतिक्रिया गरेर जेल बनाउँछ जसले पेट दुख्ने समस्या निम्त्याउँछ। त्यसैले
बिहान खाली पेटमा यसको सेवन नगर्नुहोस्।
सोडा–सोडामा उच्च गुणस्तरको कार्बोनेट एसिड पाइन्छ। जब यो चीज पेटमा
रहेको एसिडसँग मिसिन्छ। यसले पेट दुख्ने जस्ता समस्या निम्त्याउँछ। त्यसैले बिहान बेलुकी
खानु हुँदैन ।
दही– दही स्वास्थ्यका लागि निकै फाइदाजनक भए पनि भोको पेटमा खानु
हुँदैन । यसमा ल्याक्टिक एसिड हुन्छ। जसका कारण बिहान सबेरै दही खाँदा धेरै कम स्वास्थ्य
लाभ हुन्छ ।


.gif)