मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने

क्यालेन्डर अनुसार हरेक वर्ष १० अक्टोबरमा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाइन्छ। हरेक व्यक्तिले शारीरिक स्वास्थ्य सँगसंगै मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। यस वर्ष पनि ‘मानसिक स्वास्थ्य र कल्याण सुनिश्चित गर्नु विश्वव्यापी प्राथमिकता हो’ भन्ने नाराको साथ यो दिवश मनाइदैछ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने भन्नेबारे जानौँ।

मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने

.मानसिक फिटनेस योजना बनाउने
हरेक व्यक्तिले शारीरिक फिटनेस योजना बनाए जस्तै मानसिक स्वास्थ्यको लागि पनि फिटनेस योजना बनाउनु पर्छ।जसमा लेख्ने, योग गर्ने, किताबहरु पढ्ने जस्ता योजनाहरू समावेश गर्न सकिन्छ।

२.पोषणयुक्त खानेकुरा खाने र प्रशस्त पानी पिउने
हरेक व्यक्तिको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य अस्पष्ट रूपमा जोडिएको हुन्छ। त्यसैले पोषणयुक्त खानेकुरा खाने र धेरै पानि खाने व्यक्तिको दिमाग र शरीरलाई फाइदा हुन्छ।

३.आफ्नो भावना व्यक्त गर्नुहोस्
हामीले आफुले महसुस गरिरहेका भावनाहरू साथीहरूसँग व्यक्त गर्नाले मन हल्का हुन्छ। जसले मानसिक स्वास्थ्यमा धेरै फाईदा हुन्छ।

४.निद्रा पुग्ने गरी सुत्ने
राम्रो निद्राले शारीरिक र मानसिक दुवै, स्वास्थ्य लाभहरू छन्। यसले चिन्ता कम गर्न, उत्पादकता सुधार गर्न र गम्भीर शारीरिक स्वास्थ्य जोखिमहरू कम गर्न मदत गर्न सक्छ।

५.आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको लक्ष्यहरू सेट गर्नुहोस् 
व्यक्तिगत र व्यायासायिक जीवनको लक्ष्यहरू सेट गर्नाले दैनिक जीवन सहज हुन्छन्। दैनिक जीवन सहज हुँदा तनाब कम गर्छ जसको कारणले मानसिक स्वास्थ्यलाई फाईदा हुन्छ।

६.आराम गर्ने
आरामले मानसिक स्वास्थ्यलाई धेरै फाईदा हुन्छ। शारीरिक स्वास्थ्यलाई आराम जरुरी भए जस्तै मानसिक स्वास्थ्यलाई पनि आराम जरुरि हुन्छ।

७.नयाँ कुरा कोसीस गरिरहने
व्यस्त हुने मानिसहरू धेरै सोच्न भयाउदैनन्। नयाँ कुरा कोसीस गरिरहने हो भने नयाँ किसिमको उर्जा मिल्छ जसको कारणले मानसिक स्वास्थ्यलाई धेरै फाईदा हुन्छ।

८.मानसिक समस्याहरुको लक्षणहरूमा ध्यान दिने
आफुलाई मानसिक समस्या सम्बन्धि समस्याहरू भईरहेको छ कि समयमै पहिचान गर्ने कोसीस गर्नुपर्छ।जसले गर्दा भविष्यमा हुने समस्याहरूलाई समयमै हल गर्न सहज हुन्छ।

९.डाक्टरको मदत लिनुहोस्
मानसिक स्वास्थ्य हेरचाह गर्नआवश्यकता अनुसारडाक्टर वा मनोविदसँग परामर्श गर्नुपर्छ। मनोविदहरुले तपाईंको लागि कुन कुराले राम्रो काम गर्छ थाहा पाउछन्।

Previous Post Next Post