लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरीका कारण घटेका फलोअर्स फिर्ता भएका छन् ।
आज बुधवार बिहान फेसबुकको
कमजोरीका कारण कम्पनीकै प्रमुख मार्क जुकरबर्गसहित लाखौँ सेलिब्रेटीका फेसबुक
अकाउन्टबाट फलोअर्स गायब भएका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स
११ करोड ९० लाख रहेकोमा घटेर नाै हजार हाराहरीमा देखिएको थियो । तर अहिले उहाँका
फलोअर्स ११ करोड ९१ लाख जना पुगेका छन् ।
यस्तै अचानक फलोअर्स घटेकाहरूका फलोअर्स पनि फिर्ता भएका छन् । केहीका फिर्ता हुने क्रममा रहेका छन् ।