यदि तपाईको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ । तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ ।
पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस् र त्यहाँ
Virustotal.com
मा जानुहोस् । भाइरस टोटलमा तपाईलाई तीनवटा विकल्प हुन्छ ।
एउटा फाइलको अर्को युआरएलको र त्यसैगरी
अर्को सर्चको । यदि फाइलमा भाइरस छ कि छैन भनेर जाकारी पाउन सबैभन्दा पहिले भाइरस टोटलको
फाइलमा जाने त्यसपछि चुज फाइलमा गएर फाइल सेलेक्ट गर्ने र स्क्यान गर्ने ।
यदि त्यो भन्दा पहिले कसैले त्यो
फाइललाई स्क्यान गरेको छ भने रिएनालाइजमा गएर स्क्यान गर्न सकिन्छ । त्यसपछि तपाईँलाई
रिपोर्ट जस्तो देखाउँछ । यदि त्यहाँ डिटेक्सन रिसियो जिरो छ भने त्यो फाइलमा भाइरस
छैन् ।
यदि भाइरस भए जिरो भन्दा अन्य अंक
देखाउँछ । यदि त्यो फाइलमा भाइरस भए कुन भाइरस छ भनेर पनि त्यही बाटै हेर्न सकिन्छ
।