मानिसहरू मर्नको लागि यो घरमा आउँछन्, १४ हजार जनाभन्दा धेरै मरिसके

एउटा २ तले भवन जसलाई मानिसहरू मृत्युको होटल पनि भन्छन् । यो घरमा मानिसहरू मृत्यु पर्खिनका लागि आउँछन् । वाराणसीमा रहेको काशी लाभ मुक्तिभवन मृत्यु कुर्ने मानिसहरूको अन्तिम गन्तव्य हो । त्यो दुई तले भवनका १० कोठाले अहिलेसम्म १४ हजारभन्दा बढीको मृत्यु देखिसकेका छन् ।

मानिसहरू मर्नको लागि यो घरमा आउँछन्, १४ हजार जनाभन्दा धेरै मरिसके

भवनको मर्मत सम्भार गर्ने अनुराग शुक्ला भन्छन्– ‘अन्तिम सास लिने व्यक्तिले पैसा तिरेर पनि पाँचतारे होटलमा बस्न चाहेमा कोठा पाउँदैनन् । मर्ने मान्छेलाई साथमा राख्न कोही चाहँदैन। काशीमा मुक्तिको खोजीमा आएका यस्ता मानिसहरूको स्थान मुक्ति भवन हो। यहाँ अहिलेसम्म १४ हजार ८७८ जना मृत्यु भेट्न आएका छन् ।’

हरियो काठको ढोका र सेतो पर्खालले घेरिएको यो भवन सन् १९०८ मा बनेको हो, यो आफैमा एउटा कथा हो । यहाँ हरेक कोठामा मृत्यु पर्खिरहेको छ। यसबारे मुक्ति भवनका प्रशासक अनुराग शुक्ला भन्छन्– साँच्चै यस्तो हुन्छ ! कहिले एम्बुलेन्स वा गाडी भवनभित्र पसेपछि बिरामीले मुक्ति पाउँछ। त्यसैगरी, यस्ता धेरै मानिस छन् जसको अनुहारमा मृत्युको सेतोपन छ । रातभरि पीडामा रहन्छन्, ओछ्यानमा सुतेर शरीरमा घाउ हुन्छन् तर मर्दैनन् । त्यसपछि उनीहरू फर्किनुपर्छ। वास्तवमा, भवनको नियम छ कि यहाँ एक कोठा १५ दिनको लागि मात्र पाइन्छ। यति बेलासम्म पनि मुक्ति पाउन नसके बाहिर जानुपर्छ। कहिलेकाहीँ अवस्था हेरेर १५ दिनको म्याद थपिने पनि हुन्छ । यी ती मानिसहरू हुन् जसलाई डाक्टरले बचाउन नसक्ने भनिसकेका छन्। जसको शरीरले बिस्तारै काम गर्न छोडेको छ । जसले खान र पिउन लगभग छोडिसकेका छन् । र जसको आँखामा मृत्युको पर्खाइ चम्किन्छ।

Previous Post Next Post