कविता सम्पन्नता श्री मोतिराम ढुङ्गाना द्वारा रचित कविता हो जसलाई तल हामी प्रस्तुत गर्दछौं ।
हामी विपन्नहरु
आलिसान महलमा
झुण्डाउछौ आफ्नो चिनारी
भित्ताको फ्रेममा आईडेनटी कार्ड
हल्लिरहन्छ एकतमास
बादरको पुच्छर लौरो न हतियार ।
म दलित
तिमी इसाई
ऊ श्रमजिवी
उनी पत्नी
वहाँ शासक
त रैती
हामी सधैं यति बाहेक केही भएनौ
यही नै हाम्रो सत्व-एसन्स भयो
यही नै हाम्रो आईडेनटिज भयो ।
हाम्रो सम्पन्नता
वा बहुआयामिकता लाई रुग्ण मगजमा थुनेर
हामी आफ्नो स्वतन्त्रताको नारा लगाउछौ
र भूल्छौ हाम्रो विविधता
विर्सन्छौ हाम्रो वास्तविक पहिचान-विविधतामा एकता
त्यसैले यी सिमाना र साँधहरुको पाइतालामा
हामी खोजीरहेछौ अपनत्व र पहिचान ।
विविधतामय संसार भूलेर आफैमा बाँचेकाहरु हो
आओ म बताइदिन्छु तिम्रो पहिचान
म तिमी ऊ उनी वहाँ जो सुकै
हामी आधारभूत तहमा मानव हौ
हाम्रो सम्पन्नताको प्रमुख आयाम यति हो ।
धेरै बाँचियो आफू भएर
धेरै बाँचियो म भएर
आऔ अब हामी पूर्ण मानव भएर
सम्पन्नताका साथ बाचौ ।
२०७९/०९/३०