कलियुगका लक्षणहरु

 कलियुगका लक्षणहरु --*--

१• परिवार घट्दै गए

२• सम्बन्धहरु घट्दै गए 

३• निन्द्रा कम हुँदै गयो 

४• छोराले टुप्पी पाल्न छाडे, छोरिहरुले कपाल काट्न थाले ५•माया घट्दै गए

६• फेसनको नाउँमा कपडाहरु घट्दै गए 

७• लाज घट्दै गए 

८• मर्यादा घट्दै गयो

९• बच्चाहरु घट्दै गए  

१०• घरमा खाना कम हुँदै गयो

११•किताब पढ्न कम हुँदै गयो

१२• दाजुभाइको माया कम हुँदै गयो 

१३• हिडेर गन्तव्यमा पुग्नेहरु कम हुँदै गए 

१४• घ्यू मोहि दहि कम हुँदै गए 

१५• तामा पितलका भाँडाहरु कम हुँदै गए

१६• घरमा खुशी शान्ति कम हुँदै गयो

१७• पाहुनाहरु आवत जावत गर्न छाडे 

१८• सत्य कम भयो झुटो देखासिकी बढी भए 

१९• सभ्यता कम हुँदै गए

२०• भेटघाट कम हुँदै गए 

२१• सम्पर्क कम हुँदै गयो

कलियुगका लक्षणहरु


हामीले सन्तानलाई दोष नदिउँ 

छोराछोरीलाई इङलिस मिडियममा पढायौ..

अंग्रेजी बोल्न सिकायौ..

जन्म दिन र बैबाहिक बर्ष गाँठ जस्ता जिबनको शुभ प्रसंगमा  अंग्रेजी रितिरिवाज अनुसार बाच्नुलाई सर्वश्रेष्ठ मानेर..आमा बुबालाई मम्मा र ड्याडी बोल्न सिकायौं... 

जब अंग्रेजी रितिरिवाज बाट परिपुर्ण छोराछोरी ठूलो भएपछि आमाबुबालाई समय दिदैन, आमाबुबाको भावनाहरुलाई बुझ्न सक्दैनन, आमाबुबालाई तुच्छ मानेर तुरुन्तै जवाफ फर्काउछन र तपाईंको छोराछोरीमा कुनै संस्कार हुँदैन त्यसबेला घरको बाताबरण वा सन्तानलाई दोष नलगाउनुहोस् बरु कतै एकान्तमा गएर रुनुहोस..

किनकि...

छोराछोरीको जन्मिएका पहिलो बर्षदेखी नै नेपाली संस्कार सिकाउनु को सट्टा.. "केक" कसरी काटिन्छ? भनेर सिकाउने तपाईं नै हो..

हवन कुण्डमा आहुती कसरी हालिन्छ...मन्दिर मन्त्र, पुजा-पाठ, आदर सस्कार दिनुको सट्टा...फरर अंग्रेजी बोल्नु नै आफ्नो "सान" सम्झिने तपाईं..

छोराछोरी पहिलोपटक घरबाट बाहिर निस्कदा नमस्कार गर्दै  आशीर्वाद लिन सिकाउनुको सट्टा.. बाइ-बाइ भनेर हात हल्लाउन सिकाउने तपाईं...

छोराछोरी परिक्षा दिन जाने समय इष्टदेव बृद्ध बाजे बजैको पाउ ढोगेर जाउ भनेर सिकाउनुको सट्टा.."Best of Luck" भनेर परिक्षा भवनसम्म छोडेर आउने तपाईं..

छोराछोरीको सफल हुँदा घरमा परिवारको साथमा बसेर खुशीयाली मनाउनुको सट्टा.. होटलमा गएर पार्टी मनाउनुको प्रथा लाई बढावा दिनेवाला तपाईं...

छोरा वा छोरीको बिहेपछी...

कुल देवता/ भगवानको दर्शन गर्नु को सट्टा.. हनिमुन को लागि काठमाडौ पोखरा चितवन पैसा भए देश बिदेश पठाउनको लागि हतारिने तपाईं..  

यस्ता धेरै अंग्रेजी "कल्चर्स" लाई हामीले जान अन्जानमा स्वीकार गरेका छौ...

अब त ठुला बढाको खुट्टा छुन पनि लाज मान्न थाल्यौ..

गल्ती कसको...? 

सिर्फ हामी (आमा-बुबाको)....

अंग्रेजी अन्तर्राष्ट्रिय "भाषा" हो...

यसलाई "सिक्नु" पर्छ..

उनीहरुको "संस्कृति" लाई जिबनमा "लागु" गर्ने होईन...

यस कुरालाई मान्नुभयो भने ठिक छ...

नत्र त भगवानले जीवन दिएका छन् , बाकी जिन्दगी पनि अगाडि बढ्छ नै.. आउने नयाँ पुस्ता निकै घातक सावित हुनेवाला छ, हाम्रो संस्कृति र सभ्यता लोप हुँदै गइरहेको छ बिस्तारै छोराछोरी सस्कृती बिहिन हुँदैछन्।

सोच, बिचार गरेर आफू र आफ्नो सन्तान, परिवार समाज, संस्कृति र देशलाई बचाउने प्रयास गर्नुहोस्..।

नेपाली हाम्रो मातृभाषा हो। यसलाई प्रचार गर्नुहोस्, बालबालिकालाई सचेत बनाउनुहोस् ताकि उनीहरु हाम्रो संस्कृति र सभ्यतासँग जोडिएर गर्व महसुस गरुन् ।।

#साभार_गरिएको

Previous Post Next Post