आजको समयमा हामी मानव केही न केहीले तनावमा हुने गर्छौ । बिगतको समय र बर्तमान समय मानव जीवन धेरै नै बदलिएको छ । आजको दिनमा निकै प्रतिस्पर्धा छ हाम्रो जीवनमा । सोचे अनुरुपको सफलता नमिल्दा वा भनौ गरेको कार्यको नेगेटिभ नतिजाले हामीलाई अघि बढ्न निरुत्साहित गरेको नै छ । हामी यो लेभलमा छौं हाम्रो अगाडि भएको प्रतिस्पर्धा को स्तर देखेर हामी प्रयास नै नगरी हार मान्छौ वा भनौ म बाट सम्भव छैन भन्ने सोच्छौं । आज म तपाइँलाई यस्ता केही उदाहरण प्रस्तुत गर्छु र आशा छ जसले तपाईको जीवनमा केही हद सम्म सकारात्मक सोचको बिकाश गर्नेछ ।
कोसिस प्रयास गरे जीवनमा धेरै कुराको प्राप्ति हुनेछ:-
- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
- अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
- तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
- कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
- तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
- दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
- मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने म कसो नबनुला ?