लिङ्ग बारे जानकारी

‘लिङ्ग’को बारेमा कुरा गर्दा धेरैजना अप्ठ्यारो मान्ने गर्छन्, अझ कतिले यस्ता व्यक्तिहरूलाई समाज र संस्कृतिको कलङ्कको रूपमा हेर्दछन्। तर एकचोटि गहिरिएर सोच्नुहोस् त, पुरुषको लिङ्ग र महिलाको योनी बिना के मानवजातीको अस्तित्व सम्भव छ?

लिङ्ग बारे जानकारी


यध्यपी, सबैलाई थाहा भएकै कुरा हो कि, भित्रभित्रै हामी आफ्नो अनौठो अनि रोचक गुप्ताङ्गको बारेमा जिज्ञासा पोख्ने गर्छौँ। त्यसैले, कुनै ढिला नगरी पुरुषको लिङ्गको बारेमा रोचक तथ्यहरू पढ्नुहोस्।

१. पुरुषको लिङ्गलाई अङ्ग्रेजीमा ‘पेनिस’ (Penis) भनिन्छ, जुन ल्याटिन भाषाबाट साभार गरिएको हो र यसलाई अर्थ्याउँदा ‘पुच्छर’ हुन जान्छ।

२. पृथ्वीमा भएका जतिपनि भाले प्राणीहरू छन्, तिनीहरूको दाँजोमा ‘भाले मानिस’को लिङ्ग सबैभन्दा ठूलो हुन्छ। किनभने, लिङ्गको आकारलाई तुलनात्मक हिसाबले नापिन्छ। जस्तै, भाले हात्तीको लिङ्ग हाम्रो तुलनामा धेरै ठूलो हुन्छ, तर उनीहरूको शरीरसँग तुलना गर्ने हो भने, उनीहरूको लिङ्ग हाम्रो भन्दा सानो हुन जान्छ। त्यसको मतलब, मानिसको शरीर सानो भएपनि, तुलनात्मक रूपमा लिङ्ग चाहिँ अरू प्राणीको भन्दा ठूलो मानिन्छ।

३. मानिसको लिङ्गमा कत्ति पनि हाड हुँदैन। तैपनि, कसै-कसैको ‘लिङ्ग भाँच्चिएको’ खबर सुनिन्छ। वास्तवमा, उत्तेजना भएको बेलामा रगतको तीब्र गतिले गर्दा लिङ्गमा भएका फाइबर तन्तूहरू तन्किन जान्छ, जसले गर्दा लिङ्ग ठाडो र साह्रो हुन जान्छ। त्यसैले ‘लिङ्ग भाँच्चिनु’ भनेको यही तन्तूहरूको क्षय हुनुलाई जनाउँदछ। यस्तो हुनेबित्तीकै लिङ्ग शिथिल हुन्छ र अकल्पनीय पीडा हुने हुन्छ।

४. उत्तेजित लिङ्गलाई २ प्रकारले विभाजन गर्न सकिन्छः लामो र मोटो! विश्वमा २१ प्रतिशत पुरुषहरूको लिङ्ग उत्तेजित हुँदा मोटो हुन्छ भने बाँकी ७९ प्रतिशत पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ। साधारणतया, मङ्गोलियन जातीका पुरुषहरूको लिङ्ग छोटो र मोटो हुने र आर्यन जातीका पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ।

५. लिङ्ग उत्तेजित भएको अवस्थाको सरदर लम्बाई ४.५ इन्च देखि ६ इन्चसम्म हुन्छ। यो आँकडा विश्वभरीकै मानिसहरूको सरदर आँकडा हो। तैपनि, कतिपय पुरुषहरू आफ्नो लिङ्गको आकार देखि असन्तुष्ट हुने हुन्छन्। तर महिलाहरू आफ्नो साथीको लिङ्गको आकारमा कुनै चासो राख्दैनन्।

६. धुम्रपान गर्नाले लिङ्गको आकार घट्ने अनुसन्धानबाट पाइएको छ। धुम्रपानले हाम्रो रक्तनलीको भित्तामा क्याल्सियमले ढाक्ने गर्दछ, जसको कारण लिङ्ग उत्तेजित हुँदा रक्तसञ्चारमा बाधा पुग्दछ र लिङ्गको पूर्ण क्षमतामा कमी हुँदै जान्छ।

७. ‘अप्सराको कामेच्छा’ (Angel’s Lust) भनेको मरिसकेको मानिसको पनि लिङ्ग उत्तेजित हुनुलाई बुझाउँदछ।

८. सरदरमा, एक पुरुषको लिङ्ग २४ घण्टामा ११ चोटी उत्तेजित हुन्छ, जसमध्ये ९ चोटि रातीको बेला हुन्छ।

९. स्खलन हुनको लागि मस्तिष्कले नभई मेरदण्डले सिग्नल पठाउने गर्दछ। अचम्म छ हैन त? हामीले अझसम्म दिमागले सिग्नल पठाउँछ भन्ने ठानेथ्यौँ!

१०. वास्तवमा, हाम्रो लिङ्गको आकार हामीले देख्ने भन्दा दोब्बर हुन्छ। लिङ्गको आधा भाग त भित्री हाडसँग टाँस्सिएर बसेको हुन्छ। लिङ्गलाई हाडसँग टाँस्सिएको जरा देखि टुप्पासम्म हेर्ने हो भने ‘हँसिया’को जस्तो आकार देखिन्छ।

११. इतिहासमा रेकर्ड गरेअनुसार अझसम्मकै सबैभन्दा सानो लिङ्ग भनेको १ इन्चको ५/८ भाग मात्र रहेको पाइन्छ। तथापी, सबैभन्दा ठूलो लिङ्गको लम्बाई १३ इन्छ रहेको पाइएको छ।

१२. परिपक्व पुरुषहरूको मात्र लिङ्ग उत्तेजित हुन्छ भन्ने भ्रममा नपर्नुहोस्। आमाको गर्भमै भएको बच्चाको पनि लिङ्ग उत्तेजित हुने गर्दछ।

१३. कुनै-कुनै व्यक्तिको २ वटा लिङ्ग भएको पाइन्छ, त्यस्तो अवस्थालाई ‘डिफालिया’ (Diphallia) भनिन्छ।

१४. लिङ्ग पूर्णरूपले कडा हुनको लागि १३० मिलिलिटर रगतको सञ्चार हुनुपर्दछ, र त्यति रगत २ माइल प्रतिसेकेण्डको गतिमा दौडिनुपर्दछ। यो गति प्राप्त गर्नको लागि, शिथिल लिङ्गमा फिँजिएर बसेका साना-साना नसाहरूले (जसको व्यास ०.५ मिलिमिटर हुन्छ) आफ्नो आकार दोब्बर/तेब्बर बनाउँदछ र रगतलाई उक्त गतिमा बहाउँदछ।

लिङ्गको औसत आकार के हो त ?


निकै समयसम्म अनुत्तरित यस प्रश्नको हाल वैज्ञानिक उत्तर फेला परेको छ । विश्वका १५ हजार भन्दा बढी लिङ्गमा विश्लेषण गरेपछि अनुसन्धाकर्ताहरूले उत्तेजित अवस्थामा लिङ्ग औसतमा १३.१२ सेन्टिमिटर (५.१६ इन्च) लामो हुनुपर्ने तथा यसको मोटाइको बाहिरी घेरा औसतमा ११.६६ सेन्टिमिटर हुनुपर्ने धारणा राखेका छन् ।


शिथिल अवस्थामा लिङ्ग औसतमा ९.१६ सेन्टिमिटर लामो हुनुपर्ने र त्यसको मोटाइको बाहिरी घेरा औसतमा ९.३१ सेन्टिमिटर हुनुपर्ने धारणा राखिएको छ ।

यस अनुसन्धानमा सहभागीले आफ्नो लिङ्गको मापन पेशागत व्यक्तिबाट गराएका थिए भने बेलायती अनुसन्धानकर्ताहरूले यसरी अफ्नो तथ्याङ्क सङ्कलन गरेका थिए । उनीहरूले बहुङ्ख्यक पुरुषले आफ्नो लिङ्गको आकार औसत भएको फेला पार्ने बताएका छन् ।

यस समूहले यसपछि यी तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरेका छन् र ‘‘लिङ्ग सानो भयो भनी चिन्ता गर्ने’’ व्यक्तिलाई परामर्श दिन चिकित्सकले यस विश्लेषणलाई प्रयोग गर्नसक्ने बताइएको छ ।

यस्ता विषयमा धेरै चिन्ता गर्ने पुरुषमा ‘बडी डिसमोर्फिक डिसअर्डर’ हुनसक्ने बताइएको छ । यस्तो दुर्बल मानसिक अवस्थामा पुरुषमा असामाजिक व्यवहार, उदासीपना तथा आत्महत्याको प्रवृत्ति देखापर्नसक्ने बताइएको छ ।

वास्तवमा केबल २.२८ प्रतिशत पुरुष जनसङ्ख्यामा असमान्य रूपमा सानो लिङ्ग हुने यस अध्ययनमा देखिएको छ । यसै गरी यस्तै प्रतिशतमा असामान्य रूपमा ठूलो लिङ्ग हुने पनि यस अध्ययनमा देखिएको छ ।

यस अध्ययनमा १७ वर्षदेखि ९१ वर्षका पुरुष सहभागी भएका छन् । उनीहरूले युरोप, एसिया, अफ्रिका तथा अमेरिकामा यसअघि गरिएका २० अध्ययनमा भाग लिएका थिए र आफ्नो लिङ्गको मापन गरेका थिए ।

यस अध्ययनमा जातिको आधारमा लिङ्गको आकार फरक परेको प्रमाण फेला नपरेको बताइएको छ । यस अध्ययनमा भाग लिने प्रायः व्यक्ति युरोपेली तथा मध्यपूर्वी भागबाट आएका व्यक्ति भएकाले यस तथ्याङ्कमा पूर्ण तुलना गर्न नसकिएको बताइएको छ ।

यसै गरी अनुसन्धाकर्ताहरूले पुरुषको खुट्टाको आकार तथा उसको लिङ्गको आकारमा कुनै पनि सम्बन्ध फेला नपरेको बताइएको छ ।

सामान्य व्यक्तिभन्दा आफ्नो लिङ्गको आकार ठूलो भएको कुरामा विश्वस्त भएका पुरुषले मात्र यस अध्ययनमा भाग लिएको हुनसक्ने सम्भावनाका कारण यो अनुसन्धान केही हदसम्म उनीहरूतर्फ ढल्केको हुनसक्ने अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन् ।

यस अध्ययन समूहले आफ्नो अनुसन्धानात्मक लेख मूत्रविज्ञानसम्बन्धी पत्रिका ‘बीजेयु इन्टरनेसनल’ मा प्रकाशित भएको बताएका छन् । उनीहरूले लिङ्गको लम्बाइ तथा मोटाइका विषयमा हालसम्मका सबै तथ्याङ्कलाई यस अध्ययनमा पहिलोपटक एकीकृत गरिएको दाबी गरेका छन् ।

यस सूचनालाई आफ्नो लिङ्गको आकारका विषयमा चिन्ता गर्ने व्यक्तिलाई आश्वस्त बनाउन उपयोग गर्न सकिने बताइएको छ । अर्कोतिर आफूले असाधारण रूपमा ठूलो लिङ्ग पाएको भनी घमन्ड गर्ने व्यक्तिलाई यस अध्ययनले निराश पार्नसक्ने पनि अनुमान गरिएको छ ।

यस अध्ययनका कारण पुरुषलाई आफूलाई आवश्यक पर्ने आकारको कन्डम प्राप्त गर्न चिकित्सकले सहयोग गर्नसक्ने पनि अनुमान गरिएको छ । 


Previous Post Next Post