हामी सबैलाई थाहा छ कि
मानब शरीरको महत्वपुर्ण अङगहरू मध्य जीवित रहनको लागि चाहिने अति नै महत्वपूर्ण
अंगहरु मुटु, कलेजो,मृगौला,फोक्सो, मस्तिस्क, आदी हुन्। यी सबै अङगहरुलाई स्वस्थ्य
राख्नको लागी हामिले विशेष ध्यान पुर्याउनु पर्दछ।
आउनुस् आज हामी यहाँ यस्ता
केही संकेतका बारेमा चर्चा गर्छौ जस्ले के तपाईको मृगौला केही समस्या छ कि भनेर जान्न
मद्दत गर्नेछ ।
१. छिटो-छिटो पिसाब लाग्नु- यदि
मृगौला खराब भएको छ भने बारम्बार वा छिटो-छिटो पिसाब लाग्ने हुन्छ । बिशेषगरी, रातको
समयमा यस्तो समस्या बढी हुन्छ ।
२. पिसाबमा समस्या- किड्नीमा
समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ । दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ
।
३. पिसाबमा रगत देखिनु- पिसाबमा
रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ
गइहाल्नुपर्छ ।
४. शरीर सुन्निनु- किड्नी खराब भएमा शरीरमा
जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई
इडिमा भनिन्छ ।
५. रक्तअल्पता तथा कमजोरी- मृगौला
खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी
जस्ता समस्या देखिन थाल्छ ।
६. छाला रोग- किड्नी खराबले शरीरबाट टोक्सिन्सस(बिषाक्त) बाहिर जान पाउँदैन
र छालासम्बन्धि रोग उछ्रिन थाल्छ ।
७. मुख गनाउँने- यदि किड्नीमा
समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ ।
र यो पनि मैगौला सम्बन्धि जानकारी मात्र तपाईहरुका लागि:-
मृगौलालाई असर गर्ने
खानाहरुको बारेमा तपाईले बुझ्नु अतिनै जरुरी छ। अर्थात यहाँ केही खानेकुरा को नाम
छन जुन खानाहरू धेरै खाँदा वा पिउदा सोझै मृगौला लाई असर गर्दछन ।
यदि हामी स्वास्थ्य
रहन चाहान्छौ भने यी खानालाई धेरै हद सम्म ध्यान दिनु पर्ने हुन्छ नत्र भोली कुन
रोगबाट थला परिने हो पत्तो हुन्न त्यसैले बेलैमा सचेत रहनु अतिनै जरुरी हुन्छ।
यी खानाहरु नियमित बढी
खाए सिधै मृगौला ड्यामेज:
मृगौला लाई सिधै
ड्यामेज बनाउने खानाहरु के-के हुन् ? सर्वप्रथम नुन अथवा सोडियम स् नुनमा सोडियम
को मात्रा बढी हुने गर्दछ। सोडियमको मात्रा शरीरमा बढ्ने बितिक्कै किड्नी मै पहिलो
असर गर्न सुरु हुन्छ। हाम्रो खानाहरु मा नेचुरल सोडियम को मात्रा हुन्छ । त्यसैले
धेरै सोडियम को खपत गर्नु किड्नीको लागी खतरा हुन्छ।
एउटा जवान मानिसले
दिनमा १ चम्चा नुन अर्थात ६ ग्राम नुन खानु भनिन्छ। ६ ग्राम नुन मा २.४ ग्राम
सोडीयम पाइन्छ। २.४ ग्राम सोडियम एकदिनको लागी एउटा जवान मानिसको लागी प्रसस्त हुन्छ।
त्यसैगरी बाल बच्चाहरुको उमेर अनुसार नुन खानु पर्छ।
साना ३ वर्ष सम्म का
बालबालिका ले ०.८ ग्राम सोडियम अर्थात् २ ग्राम जती नुन खानुपर्छ। ३ वर्ष बाट
माथिका बालबालिकाले ३ ग्राम नुन अर्थात १.२ ग्राम नुन खानुपर्दछ।
१ वर्ष मुनिका
बालबच्चा हरुलाई धेरै नुनिलो खानाहरू पटक्कै खुवाउनु हुदैंन। उनिहरुको मृगौला
राम्रो सँग विकास भै सकेको हुदैंन र धेरै नुन उनीहरुको किड्नीले लिन सक्दैन।
जसकारण सानैबाट किड्नी को रोग लाग्न सक्छ।
आमाको दुध खाइरहने
बच्चाले दुध बाटै नुनको मात्रा भिटामिन को मात्रा मिनरल्सहरु पाएको हुन्छ । त्यसैले
यदि तपाई महिला हुनुन्छ र बच्चा लाई दुध पिलाउने गर्नु हुन्छ भने धेरै सोडियम को
मात्रा भएका खानाहरू वा धेरै चर्को नुन भएको खाना कदापि नखानु होला ।
बढी सोडियम भएका
खानाहरू र क्यान मा भएको खानाहरू,भेजिटेवलहरू, सुपहरू, ससेजहरू, प्रोसेस मिट,
टोमेटो केचअप,सोया सस, चिप्सहरू,अचार आदी मा उच्च सोडियम पाइन्छ । त्यसैगरी
समुन्द्री पानी फिल्टर गरेर पिउन बनाइएको पानीमा अत्याधिक सोडियम को मात्रा हुन्छ
।
विदेशमा बस्नेहरुले
पानी पिउदा किनेर बोतलको वा जारको कम सोडियम भएको पानी पिउनुपर्दछ । यदी तपाइले यी
सोडियम युक्त खानाहरू ओभर खाइरहे किड्नी मा समस्या बनाँउदछ । तपाइले सुन्नु भएको छ
होला परदेश गरेको छिमेकी मृगौलाको रोगी भएर घर फर्किएछ आदि।
यो मृगौला खराब हुनु
को पछाडी अन्य कारण रहे पनि एक कारण चै परदेश को हाइ सोडियम भएको कुलर को पानी
दैनिक पिउने गर्दै वर्षौं सम्म पिउदा मृगौलामा खराबी आउने गर्दछ । त्यसैले यदि
तपाईं परदेशमा हुनुन्छ भने कुलर को पानी भन्दा जारको वा बोतल को पानी पिउने बानी
गर्नुहोला ।
चिनी बाइट सुगर: चिनि
हामि सबैले खाने गर्दछौं । फलफुल बाट पाइने प्राकृतिक सुगर ले हामिलाई इनर्जी
दिन्छ । इनर्जी को लागी रगतमा चिनिको मात्रा हुनै पनि पर्छ। तर कम्पनीबाट बनाएको
सेतो चिनि ओभर डोज खाइयो भने मृगौला को फिल्टरलाई ड्यामेज गर्ने सम्भावना धेरै हद
सम्म बढी हुन्छ।
तपाँईले खाने हरेक
फलफुलमा, भेजिटेवलमा, प्राकृतिक सुगर को मात्रा हुन्छ र यहि सुगरको मात्रा मात्रै
पनि हाम्रो शरीर को लागि चाहिने सुगर प्रयाप्त हुन्छ र यसैले हाम्रो शरीरको लागी
इनर्जी प्रदान गर्दछ । हरेक चिजमा चिनि हालेर खानु राम्रो हुदैंन।
यदि तपाइले चिनि धेरै
खानुभयो भने रगतमा चिनि को मात्रा बढ्दछ र शरीरले कन्टोरल गर्न सक्दैन। अहिले को
समयमा चिनि खपत अत्याधिक बढी भएकै कारण धेरै मानिसहरू रोगी हुन थालेका छन। तपाँईले
हरेक पटक पिसाब गर्दा सुगर को मात्रा निस्कन्छ।
स्वस्थ्य किड्नी छ भने
कहिले काँही खाएको चिनिले समस्या हुदैंन। तर शरिर मा विभिन्न रोग लागेको छ,
डाइबिटिज पनी छ भने धेरै चिनि खानुभयो र पिसाबमा अत्याधिक सुगर को मात्रा बढ्न
थाल्यो भने किड्नी को फिल्टरलाइ सजिल्यै ड्यामेज गर्दछ।
त्यसैले चिनी धेरै खाने बानी आजै बाट त्याग्नुहोस । यदि कहिले काही मात्र खानु हुन्छ भने त्यति फरक नपर्ला तर दैनिक ३ देखि ४ पटक चिया पिउदै पिच्छे धेरै चिनी खाने बानी छ भने यो अब तपाइले कन्ट्रोल गर्न जरुरी छ ।


.gif)