अलबिदा ‘शताब्दी पुरुष- सत्यमोहन जोशी’
अलबिदा ‘शताब्दी पुरुष- सत्यमोहन जोशी’

वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर किस्ट अस्पताल लगिएकाे छ । ललितपुर महानगरपालिकाकाे प्राङ्गणमा श्रद्धाञ्जली दिन राखिएकाे जाेशीकाे पार्थिव शरीर अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको छ ।

पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको  छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । 

अलबिदा ‘शताब्दी पुरुष- सत्यमोहन जोशी’

अलबिदा ‘शताब्दी पुरुष- सत्यमोहन जोशी’

शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज बिहान किस्ट अस्पतालमै निधन भएकाे थियाे । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ ।

उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । उहाँकाे 'लोक संस्कृति' नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै 'नेपाल राष्ट्रिय मुद्रा' नामक पुस्तकका लागि दोस्रो पटक र 'कर्णाली लोक संस्कृति' पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभएको थियो ।  यस्तै शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नो निधनपश्चात शरीर दान गर्ने घोषणा गर्नु भएकाले उहाँको परिवारले कानुनी प्रक्रिया पूरा गरी जोशीको पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरेका छन्।

तस्बिर सौजन्य : विकास गाेले

Previous Post Next Post