बालबालिका अत्यन्तै जिद्दी हुने गरेको हामीले देखेका छौं । उनीहरुलाई सम्हाल्नु र अनुशासित बनाउनु नै अहिलेका अभिभावकको सबैभन्दा ठूलो चुनौती बनेको छ ।
कुनै बालबालिकाले खान
नखाएर बाबुआमा हैरान बनेका हुन्छन् । कुनै बालबालिकालाई भने बाहिर घुमाउदा
सम्हाल्न अत्यन्तै कठिन हुन्छ । खेलौनादेखि खाने कुरा सम्म जे देख्यो त्यहि
किनिदिनु पर्ने हुन्छ । यस्ता खालका बालबालिकाको हेरचाहमा आमाबुवाले दिनप्रतिदिन
गल्ति गर्दै गएका हुन्छन् । अन्ततः उनीहरु नियन्त्रण भन्दा बाहिर गइसकेका हुन्छन्
।
यस्ता जिद्दी
बालबालिकालाई सम्हाल्नका लागि मनोवैज्ञानिक तथा प्यारेन्टिंग एक्सपर्टसहरुले
बालबालिकाको नराम्रो काममा कुनै प्रतिक्रिया नदिने र राम्रो काम गर्दा तारिफ गर्नु
पर्ने बताएका छन् । उनीहरुका अनुसार बालबालिकालाई अनुशासित बनाउन यस्तो काम गर्न
आवश्यक छ ।
१. सुन्नुस् वहस
नगर्नुस्
यदी तपाईं चाहनुहुन्छ
कि बच्चाले तपाईंले भनेको मानोस् । यसका लाागि स्वयं तपाईले उनीहरुको कुरा बारे
ध्यान दिन र सुन्न जरुरी छ ।
मजवुत इच्छाशक्ति भएका
बच्चाको आकांक्षा र जिद्दी पना पनि बढी हुन्छ । त्यसको विरुद्ध तपाई बहसमा वा
उनीहरुसँग यसो हुन्न, यस्तो हुन्छ भन्ने वहसमा नउत्रनु होस् । यदी तपाईंले
उनीहरुको कुरा सुन्नु भएन भने उनीहरु धेरै जिद्दी हुनेछन् ।
यदी बालबालिकालाई
आफूलाई अभिभावकले वास्ता नगरेको भान पर्यो भने उनीहरु विस्तारै विस्तारै तपाईको
हरेक कुरालाई वेवास्ता गर्दै जान थाल्छन् । धेरै सयमदेखि बच्चाले केही गर्ने
कुराको जिद्दी गरिरहेको खण्डमा उसको कुरा राम्रोसँग सुनिदिनु आवश्यक हुन्छ । उसको
कुरा सकिनुभन्दा पहिला गाली गर्नु हुँदैन । बालबालिकासँग कहिल्यै रिसाएर कुरा
नगर्नु होला ।
२. बच्चासँग जबरजस्ती
नगर्नुहोस्
जब तपाई कुनै पनि
कुरालाई लिएर बालबालिकासँग जबरजस्ती गर्नुहुन्छ भने स्वभावत तपाई बच्चा बिद्रोही
हुँदै जान्छन् । तत्कालका लागि जबरजस्ती गरेर त काम बन्ला तर पछि गएर यो खतरनाक
हुँदै जान्छ । बालबालिकालााई जबरजस्ती केही गराउँदा पनि पछि त्यस्तै बानी बस्छ र
नगर भनेको कुरा गर्ने स्वभाव बन्छ । सकेसम्म आफ्ना बालबालिकासँग कुराकानी र समय
विताउँने गर्नुस् ।
जस्तो ८ वर्षको तपाईको
छोरा वा छोरीले टीभी हेर्ने जिद्दी गरे भने जबरजस्ती गरेर कुरा मिल्दैन । यसको
सट्टा तपाई उनीहरुसँग बस्नुहोस् र यो कुरामा रुची राख्नुहोस् कि उ टिभीमा के हेर्दैछ
। तपाईले उनीहरुको कार्यमा रुची देखाउनु भयो भने तपाईंको कार्यमा पनि उनीहरुले
रुची देखाउनेछन् र तपाईसँग उनीहरु निकट भएको र आत्मिताको महशुस गर्न सकनेछन् ।
जिद्दी बच्चासँग यस्तै व्यवहार गर्नुहोस् । यसले गर्दा उनीहरुको जिद्दीपन हट्नुका
साथै अनुशासित बन्नेछन् । उनीहरुलाई वेवास्ता गर्दा थप समस्या बढ्न जान्छ ।
३. विकल्प दिनुहोस्
बालबालिकाको आफ्नो
दिमाग हुन्छ र उनीहरु सधै त्यस्तो काम गर्न मन पराउँछन् जो उनीहरुलाई भनिएको
हुँदैन । यदी तपाईले आफ्नो ५ वर्षको बच्चालाई जबरजस्ती ८ बजेभन्दा पहिला सुत्न जा
भन्ने आदेश दिनुहुन्छ भने उसले त्यसलाई अस्विकार गर्न सक्छ । तर तपाईंले उसलाई
आदेश दिनुको सट्टा उसलाई सोध्नुस् कि सुत्नुभन्दा पहिला कुन कथा सुन्न मन पराउँछ ।
बालबालिकालाई आदेश होइन उसलाई सुझाव र विकल्प दिनुहोस् । यदी तपाईंको बच्चाले म
सुत्न जान्न भन्ने जवाफ दियो भने तपाईं नरिसाउनुहोस् । उसलाई सुत्न पठाउनका लागि
विभिन्न विकल्पहरु दिनुहोस् या उ सँगै ओछ्यानमा सुतेर केही कथा, रमाइलो कुरा
सुनाउनुहोस् । यसो गर्नाले बालबालिकाले जिद्दी छोड्दै जानेछन् ।
४.शान्त रहनुहोस्
यदी तपाईं हरेक कुरामा
आफ्ना छोरा छोरीलाई गाली गर्नु हुन्छ भने तपाईको बच्चा तपाईको चिच्याहठलाई बोलिको
लडाईको रुपमा लिन सकछन् । उसलाई हरेक कुरामा चिच्याएर आफ्नो कुरा जबरजस्ती राख्ने
बानी पर्न जान्छ । त्यसैले आफ्ना बालबालिकालाई राम्रो र अनुसासित बनाउनका लागि
मिठोसँग बोल्ने गर्नुस् ता कि तपाईंबाट बालबालिकाले सिकुन् ।
५. बालबालिकाको सम्मान
गर्नुहोस्
तपाईं आफ्ना
छोराछोरीले आफूलाई सम्मान गरेनन् भनेको मानेनन्, जिद्दी भए भनेर दुख मनाउ गरिरहनु
भएको छ भने आफूले उनीहरुमाथि गर्ने व्यवहार बारे पनि सोच्नुहोस् । बालबालिकालाई
आफूले कस्तो व्यवहार, सम्मान गरेको छु भन्ने कुरा थाहा पाउनु भयो भने उनीहरुको
व्यवहार किन यस्तो भइरहेको छ भन्ने थाहा हुन्छ । भन्नुको मतलव तपाईले बालबालिकालाई
सम्मान, माया दर्शाउन कन्जुस्याई नगर्नुहोस् ।
बालबालिकामाथि केही
कुरा जवरजस्ती नथोपर्नुहोस् । उनीहरुसँग सहयोग माग्नुहोस् आदेश दिने होइन । उनीहरुको
भवनालाई ख्याल गर्नुहोस् खारेज नगर्नुहोस् ।
यी माथि भनिएका ५ वटा
बुंदालाई जहिल्यै पनि ख्याल गर्नुहोस्, आफुमा लागु गर्नुहोस् । त्यसको नतिजा केहि
समयपछि आँफै थाहा पाउनुहुनेछ ।
त्यस्तै बालबालिकाले नचाहिने
कुरामा जिद्दी गर्छन् र ठूलै गल्ती गर्छन् भने आवश्यक मात्रामा सजाय पनि दिनुपर्छ जसले
उनीहरूलाई दोहोर्याएर गल्ती गर्ने अवसर दिँदैन भने अनुशासित समेत बनाउँछ ।
गल्ती गर्ने समय नै बाल्यकाल
हो । आमाबाबुको भाषामा बालबालिका चकचके, छुकछुके तथा बदमास हुन्छन् तर यसो नगरी
उनीहरू सक्रिय पनि हुँदैनन् । बालबालिकाको बदमासी र चकचकेपनलाई लिएर विभिन्न धारणा
पाइन्छन् । एकथरीले गल्ती गरिहाले गल्ती महसुस गराउन भए पनि सजाय दिनुपर्छ भन्छन् भने
अर्काथरी विशेषज्ञहरू सजाय दिनु गलत हुने बताउँछन् ।
समस्या कसरी उत्पन्न भयो
पत्ता लगाउनुपर्छ
बालबालिकालाई सजाय दिनुअघि
अभिभावकले समस्या कसरी उत्पन्न भयो जानकारी लिनुपर्छ । गल्ती पत्ता लगाई उनीहरूलाई
गाली गर्नुको साटो सुध्रिने मौका दिनुपर्छ । बालबालिकालाई सजाय दिनु समस्याको स्थायी
समाधान होइन भन्ने कुरा अभिभावकले राम्रोसँग बुझ्नुपर्छ । गल्ती भैहाले पनि हप्काउनु,
धम्क्याउनु, कुटपिट गर्नुको साटो अभिभावकले शिशुले किन यसो गर्दैछ भन्ने कारण पत्ता
लगाउनुपर्छ ।
अभिभावकले बालबालिकाको
समस्या पत्ता लगाई विचार र भावनालाई बुझ्ने प्रयास गरेको खण्डमा उनीहरू आफै सुध्रिन्छन्
। उनीहरूलाई सजायको आवश्यकता पर्दैन । बालबालिकालाई माया र विश्वास गरी उनीहरूसँग साथीको
सम्बन्ध स्थापित गर्न सकेको खण्डमा बालबालिका निडर भएर आफैं आमाबाबुसँग कुराकानी गर्न
सक्छन् ।
सजाय पनि अनुचित होइन
बालबालिकाले नचाहिने कुरामा
जिद्दी गर्छन् र ठूलै गल्ती गर्छन् भने आवश्यक मात्रामा सजाय पनि दिनुपर्छ जसले उनीहरूलाई
दोहोर्याएर गल्ती गर्ने अवसर दिँदैन भने अनुशासित समेत बनाउँछ । कहिलेकाहीँ गाली गरिएन
भने उनीहरूलाई कहिल्यै अफ्नो गल्ती महसुस हुँदैन र थप गल्ती गर्न उत्साहित हुन्छन्
। त्यति मात्र नभएर उनीहरूमा जिद्दी, भनेको नटेर्ने र आफूभन्दा ठूलालाई सम्मान नगर्ने
किसिमको स्वभाव विकसित हुँदै जान्छ । राम्रो स्वभाव निर्माण र गलत कामबाट छुटकारा दिन
पनि समय–समयमा उनीहरूलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ । उनीहरूलाई सही बाटोमा ल्याउन
र भविष्य निर्माणका लागि कतिपय अवस्थामा हप्काउँदा पनि फरक पर्दैन । यद्यपि त्यति धेरै
सजाय दिनु पनि उचित होइन । बढी सजाय दिँदा उनीहरू सुध्रिनुको साटो बिग्रदै जान्छन्
।
विशेषज्ञहरू के भन्छन्
?
बालमनोवैज्ञानिक नन्दिता
शर्माका अनुसार बालबालिकालाई सजाय दिने वा नदिने भन्ने कुरा गम्भीर तथा संवेदनशील विषय
हो । अभिभावकले सुरुदेखि यस्तो व्यवहार गर्दै जानुपर्छ कि सजाय दिनुपर्ने अवस्था नै
नआओस् । बालबालिकाले बढी दु:ख दिन थाले वा अनेक माग गर्न थाले भने शारीरिक सजाय दिनुको
साटो उनीहरूको सुविधा कटौती गर्नु उचित हुन्छ ।
बालबालिकाहरू खेलेर ढिलो
घर आउँछन् वा बढी टेलिभिजनमा मात्र झुन्डिन्छन्् भने बन्देज लगाउनुपर्छ । यस्तो बेला
बालबालिकालाई कुन गल्तीका कारण त्यसो गरिएको हो बताउनुपर्छ । जब बालबालिका आफ्नो गल्ती
महसुस गर्दै ठीक ठाउँमा आउँछन् अब दोहोर्याएर यस्तो गल्ती नगर्ने चेतावनी दिँदै सजाय
समाप्त गरिदिनुपर्छ ।


.gif)