गर्भावस्थालाई उत्सव बनाउने चलन धेरै पुरानो होइन । पहिले-पहिले गर्भवतीले सकेसम्म आफूलाई ढाकछोप गर्न खोज्थे । खुकुलो पहिरन लगाउँथे, ताकि बढ्दै गरेको पेट नदेखियोस् । अहिले परिस्थिति र मनस्थिति फरक छ ।
जब गर्भको बच्चा
हुर्कंदै जान्छ र पेटको आकार बढ्दै जान्छ, यसलाई एउटा उत्सवकै रुपमा लिन थालिएको छ
। अतः यसको सुरुवात भएको छ, सेलिब्रिटीबाट ।
जस्तो कि, अभिनेत्री
श्वेता खड्का । भर्खरै मात्र उनले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा
साझेदार गरेकी छन् । रातो लेहेंगा चोलीमा ठाँटिएर उनले फोटोसुटको लागि केही पोज दिएकी
छिन् ।
तस्वीरमा उनीसँगै
श्रीमान विजयेन्द्रसिंह राउत पनि छन् । उनीहरुले प्रेमिल भावभंगीमामा केही थान
फोटो खिचाएका छन् ।
अभिनेत्री श्वेताले
गएको मंसिरमा विवाह गरेकी हुन् । पछिल्लो समय उनी फिल्मभन्दा व्यापार–व्यवसायमा
सक्रिय छिन् । श्वेता ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।


.gif)