ट्विटरको बाटोमा मेटा ! लन्च भयो फेसबुक र इन्स्टाग्राममा पनि सब्सक्रिप्सन प्लान

ट्विटरपछि अब मेटाले पनि शुल्क लिएर भेरिफिकेसन सेवा सुरु गरेको छ।


ट्विटरको बाटोमा मेटा ! लन्च भयो फेसबुक र इन्स्टाग्राममा पनि सब्सक्रिप्सन प्लान


कम्पनीले अमेरिकामा यो सेवा सुरु गरेको हो। यसअन्तर्गत फेसबुक इन्स्टाग्राम प्रयोगकर्ताले शुल्क तिरेर भेरिफिकेसन सेवा प्राप्त गर्न सक्छन्। एलन मस्कले ट्विटरका लागि शुल्क लिएर भेरिफिकेसन सेवा सुरु गरेका थिए। अब यो सूचीमा अन्य प्लेटफर्म पनि थपिँदैछन्।

प्रयोगकर्ताले मेटाको भेरिफिकेसन सेवाअन्तर्गत ब्लु ब्याज प्राप्त गर्नेछन्। यसका लागि प्रयोगकर्ताले प्रमाणका रुपमा सरकारी आईडी प्रत्येक महिना ११.९९ डलर खर्च गर्नुपर्नेछ। यो शुल्क वेब भर्जनका लागि हो। जहाँ एप्पल आईओएस प्रणाली वा एन्ड्रोइड प्लेटफर्मका लागि प्रयोगकर्ताले १४.९९ डलर खर्च गर्नुपर्नेछ।

कम्पनीले केही समयदेखि यो सेवाको परीक्षण गरिरहेको थियो। अमेरिकी बजारअघि मेटाले अस्ट्रेलिया न्युजिल्यान्डमा यो सेवा ल्याएको थियो। यसअघि स्न्यापको सोसल मिडिया प्लेटफर्म स्न्यापच्याट मेसेजिङ एप टेलिग्रामले पनि शुल्क लिएर यो सेवा सुरु गरेका थिए।

यस कदमका साथ सोसल मिडिया कम्पनीहरुले आम्दानीको अन्य तरिकाहरु खोजिरहेका प्रस्ट हुन्छ। अहिले अधिकांश कम्पनीको आम्दानी विज्ञापनबाट हुने गरेको छ। 

एलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। अहिले मस्कले ट्विटरमा धेरै परिवर्तन गरिसकेका छन्। यी परिवर्तनसँगै ट्विटर ब्लु सब्सक्रिप्सन सेवा पनि सुरु भएको छ। ट्विटर ब्लु सब्सक्रिप्सन सेवा पहिलेदेखि नै रहेको भए पनि मस्कले यसमा केही परिवर्तन गरेका छन्।एजेन्सी

 

Previous Post Next Post